logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • एनपीएलमा आज यी चार टोलीबीच प्रतिस्पर्धा

    एनपीएलमा आज यी चार टोलीबीच प्रतिस्पर्धा

    988
    SHARES
    एनपीएलमा आज यी चार टोलीबीच प्रतिस्पर्धा

    काठमाण्डाै । काठमाण्डौमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।



     

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा आज पहिलो खेल शुक्रबार बिहान ११ः४५ बजेदेखि सुरु हुँदैछ।

    याे खेलमा चितवन राइनोज र काठमाण्डाै गोर्खाज भिड्दैछन्। दिउँसाे ४ः०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्ने तालिका छ।

     

    चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाण्डाैले खेलमा दुई अङ्क मात्र बटुलेको छ। तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ।

    अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट