logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • एकैदिन ४ अर्बले थपियो निक्षेप, कति पुग्यो सीडी रेसियो ?

    एकैदिन ४ अर्बले थपियो निक्षेप, कति पुग्यो सीडी रेसियो ?

    1.2K
    SHARES
    एकैदिन ४ अर्बले थपियो निक्षेप, कति पुग्यो सीडी रेसियो ?

    काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ४ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म ७५ खर्ब १५ अर्ब रुपैयाँ रहेको निक्षेप आइतबारसम्म बढेर ७५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो।



     

    त्यस्तै शनिबारसम्म कर्जा प्रवाह ५६ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा आइतबारसम्म बढेर ५६ खर्ब ४३ अर्ब रपैयाँ पुगेको हो। एकैदिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ।

     

    आइतबारसम्म वाणिज्य बैंकमा निक्षेप ६७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५० खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

     

    सीडी रेसियो घट्दै ७४.२० प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७४.२३ प्रतिशत थियो।


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार