logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • एनपिएल: काठमाडौँको तेस्रो जित, चितवनको दोस्रो हार

    एनपिएल: काठमाडौँको तेस्रो जित, चितवनको दोस्रो हार

    676
    SHARES
    एनपिएल: काठमाडौँको तेस्रो जित, चितवनको दोस्रो हार

    काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो ।



    जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र रवी बोपराले समान २१÷२१ तथा सोहेल तनभिरले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । काठमाडौँका राशिद खानले तीन, कप्तान करण केसी, साशब आलम र मिलिन्द कुमारले दुई÷दुई विकेट झारे ।

     

    यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भएको हो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई, रञ्जित कुमारले दुई विकेट हात पारे ।

     


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार