logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • एक हजारका ४३ करोड नोट छपाइको ठेक्का चिनियाँ कम्पनीलाई

    एक हजारका ४३ करोड नोट छपाइको ठेक्का चिनियाँ कम्पनीलाई

    728
    SHARES
    एक हजारका ४३ करोड नोट छपाइको ठेक्का चिनियाँ कम्पनीलाई

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले खोलिएको अन्तर्राष्ट्रिय बोलपत्रमा चीनको चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशन सर्वश्रेष्ठ ठहरिएको हो।



     

    राष्ट्र बैंक र उक्त कम्पनीबीच नोट छपाइका लागि करार सम्झौता भइसकेको बैंकले जनाएको छ। सम्झौता अनुसार कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छापेर उपलब्ध गराउनेछ।

     

    राष्ट्र बैंकले भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। आवश्यक प्रक्रियागत मूल्यांकन पूरा भएपछि चिनियाँ कम्पनीलाई ठेक्का पक्का गरिएको हो। बैंकका अनुसार मागअनुसारको गुणस्तर, दर र प्राविधिक योग्यता पूरा भएकाले सो कम्पनी चयन गरिएको हो।

     


    अर्थ चौतारी
  • शनिबार, १३ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट