logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

    पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

    676
    SHARES
    पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

    काठमाण्डौ । लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो ।



     

    पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए ।

     

    यो जितपछि लुम्बिनीले लगातार तीन हारको शृङ्खला ब्रेक गरेको छ र राहत मिलेको छ । पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ ।


    अर्थ चौतारी
  • शनिबार, १३ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट