logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • पत्रकार आचार्य मृत्यु प्रकरण: वीरेन्द्रनगर तनावग्रस्त

    पत्रकार आचार्य मृत्यु प्रकरण: वीरेन्द्रनगर तनावग्रस्त

    1.2K
    SHARES
    पत्रकार आचार्य मृत्यु प्रकरण: वीरेन्द्रनगर तनावग्रस्त

    सुर्खेत । गएराति सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि उनका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन चर्काएका छन् । घटनाको उचित छानबिनको माग गर्दै आफन्तहरूले वीरेन्द्रनगरको मुलपानी चोक र एरिचोक लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण सवारी आवागमनमा समेत समस्या भएको छ ।



     

    गएराति वीरेन्द्रनगर नगरपालिका-२ स्थित वडा कार्यालय अगाडि मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र पत्रकार आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।

     

    दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । प्रहरीले उनलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    मृतक पत्रकार आचार्यका आफन्तहरूले भने प्रहरीले प्रमाण मेटाउने काम गरेको र मुचुल्का नउठाई घटनास्थलमा पानी हालेको आरोप लगाएका छन् । उनीहरूले आवश्यक अनुसन्धानको माग गर्दै शनिबार बिहानैदेखि आन्दोलन चर्काएका हुन् ।

     

    मृतक आचार्य कालिकोटको रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष समेत थिए । उनी हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए ।


    अर्थ चौतारी
  • शनिबार, १३ मंसिर २०८२
  • सम्बन्धित समाचार