logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • हमास भन्छ : इजरायलको आक्रमणमा अहिलेसम्म ७० हजार प्यालेस्टिनी मारिए

    हमास भन्छ : इजरायलको आक्रमणमा अहिलेसम्म ७० हजार प्यालेस्टिनी मारिए

    832
    SHARES
    हमास भन्छ : इजरायलको आक्रमणमा अहिलेसम्म ७० हजार प्यालेस्टिनी मारिए

    काठमाण्डौ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलले गरेको हमलामा परी हालसम्म ७० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मारिएका कुल प्यालेस्टिनीको संख्या ७० हजार १०० पुगेको छ। जसमध्ये ३५० भन्दा बढी व्यक्ति गत अक्टोबर १० को युद्धविरामयता मारिएका हुन्।



     

     

    सुरुमा हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। त्यसबेला हमासले इजरायलमा गरेको हमलाबाट १ हजार २०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजा लगेको थियो। बन्धकमध्ये नेपाली विपिन जोशी पनि थिए, जो मारिइसकेको कुरा हालै पुष्टि भएको थियो।

     

    गत अक्टोबर १० देखि इजरायल र हमासबीच युद्धविराम लागु भए पनि आक्रमण रोकिएको छैन। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघनको आरोप लगाएका छन्। इजरायलले हमासले युद्धविराम उल्लंघन गरेको जवाफमा आफूले आक्रमण गरेको दाबी गरेको छ।

     

     

    यसै क्रममा इजरायलले शनिबार पनि ड्रोन हमला गरेको छ।


    अर्थ चौतारी
  • आइतबार, १४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट