logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • भेटायो र हिमालयन एभरेस्टको सहकार्य: सेवा प्रदायकहरूका लागि दुर्घटना बीमा कवरेज सुरु

    भेटायो र हिमालयन एभरेस्टको सहकार्य: सेवा प्रदायकहरूका लागि दुर्घटना बीमा कवरेज सुरु

    949
    SHARES
    भेटायो र हिमालयन एभरेस्टको सहकार्य: सेवा प्रदायकहरूका लागि दुर्घटना बीमा कवरेज सुरु

    काठमाण्डौ । नेपालको होम-आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हित सुनिश्चित गर्न हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ।



     

    यस साझेदारीअन्तर्गत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ। इन्स्योरेन्सले यस पहलमार्फत सेवा प्रदायकहरूलाई थप सुरक्षा प्रदान गर्ने विश्वास दिलाएको छ।

     

    भेटायोका सह-संस्थापक रोचन मान महर्जनका भने, ‘हामी आफ्नो सेवा विस्तारको लक्ष्यमा सेवा प्रदायकलाई केन्द्रमा राख्छौं। दुर्घटना बीमा उपलब्ध गराएर हाम्रा प्रदायकहरू सुरक्षित रहून् र आफ्नो करियर विकासमा उत्साहित रहून् भन्ने हाम्रो चाहना हो।’

     

    यस सहकार्यले केवल सेवा प्रदायकहरूको आत्मविश्वास बढाउने मात्र नभई नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड तय गर्नेछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ।

     

    भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सको समर्थन र पहल सफल बनाउन योगदान पुर्याएकोमा कृतज्ञता व्यक्त गर्दै दुवै संस्थाको लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार र आम मानिस-केन्द्रित सेवा वातावरण निर्माण गर्नु रहेको बताएको छ।

     

    भेटायो एपमार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू सहजै प्राप्त गर्न सक्नेछन्।


    अर्थ चौतारी
  • आइतबार, १४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट