काठमाण्डौ । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगाएत उच्च तहका ३ कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि वरिष्ठताका आधारमा लम्साललाई जिम्मेवारी पाएको बैंकका सूचना अधिकारी रवीन्द्र ढकालले जानकारी दिए ।
सूचना अधिकारी ढकाललका अनुसार अनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा भने कुनै असर हुने छैन । उनले नियमित रुपमा सेवा लिन आफ्ना ग्राहकहरुलाई विज्ञप्ति जारी गरेर अनुरोध समेत गरेका छन् ।