logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • कर्णालीमाथि काठमान्डुको सानदार जित

    कर्णालीमाथि काठमान्डुको सानदार जित

    611
    SHARES
    कर्णालीमाथि काठमान्डुको सानदार जित

    काठमाण्डौ । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना कायम राखेको छ।



     

    आइतबार काठमान्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको हो। जितसँगै काठमान्डु ५ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

     

    कर्णालीको भने यो चौथो हार हो। १५० रनको लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाएर १५५ रन बनायो।

     

    काठमान्डुका गेरहार्ड इरास्मसले अविजित ४३ रन बनाए। जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे। कर्णालीका नन्दन यादवले ३ र पवन सराफले १ विकेट लिए।

     

    त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएको थियो।

     

    कर्णालीका गुल्सन झाले सर्वाधिक ४९ रन बनाए। पवन सराफले ३५ र मार्क वाटले ३० रन जोडे।

    काठमान्डुक राशिद खान सर्वाधिक दुई विकेट लिए।

     


    अर्थ चौतारी
  • आइतबार, १४ मंसिर २०८२
  • सम्बन्धित समाचार