logo

२०८२ पुस ३०, बुधबार

logo
  • २०८२ पुस ३०, बुधबार
  • सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    754
    SHARES
    सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।



     

    अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ २२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

     

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


    अर्थ चौतारी
  • सोमबार, १५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट