काठमाण्डाै । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि डोटीबाट ४० वर्षमुनिका युवामध्ये बम बहादुर बम सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। आइतबार सम्पन्न एमाले डोटीको प्रतिनिधि छनोट बैठकले ३८ वर्षीय युवा नेता बम बहादुर बमलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गरेको हो।
एमाले डोटी जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य रहेका बम ९औं जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भए पनि युवामाझ लोकप्रिय नेताको रूपमा स्थापित छन्। उनी यसअघि १०औँ राष्ट्रिय महाधिवेशनमा पनि प्रतिनिधि भइसकेका छन्।
अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका बम अनेरास्ववियुकाे केन्द्रीय सदस्य, जिल्ला युवा परिषद् डोटीका पूर्व अध्यक्ष समेत हुन्। हालै मंसिर १० गते धनगढीमा सम्पन्न एमाले युवा संघकाे कार्यक्रममा सक्रिय बमले निर्वाह गरेको भूमिकाले उनी राजनीतिक वृत्तमा थप चर्चामा आएका छन्।
