logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • शेयर संरचना परिवर्तन गर्दै समता घरेलु लघुवित्त

    शेयर संरचना परिवर्तन गर्दै समता घरेलु लघुवित्त

    923
    SHARES
    शेयर संरचना परिवर्तन गर्दै समता घरेलु लघुवित्त

    काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।



     

    संस्थाले आज एक सूचना प्रकाशित गर्दै संस्थापक शेयर संरचन परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। साविक समता, घरेलु, मनकामना र स्मार्ट लघुवित्त आपसमा मर्जर भएपछि संस्थामा संस्थापक समूहको ६३.८७ प्रतिशत र सर्वसाधारण समूहको ३६.१३ प्रतिशत कायम भएको थियो।

     

     

    यो शेयर संरचनालाई परिमार्जन गर्दै संस्थाले अब संस्थापक समूहको ५.११ प्रतिशत र सर्वसाधारणको ४०.८९ प्रतिशत कायम गर्न लागेको हो। जसअनुसार साविक समता लघुवित्तका संस्थापक शेयरधनीहरुको ४.७६ प्रतिशत शेयर सर्वसाधारणमा परिमार्जन गरिने संस्थाले जनाएको छ।

     

     

    संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन गर्न नचाहने साविक समता लघुवित्तका संस्थापक शेयरधनीलाई ३५ दिनभित्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन सूचनामा भनिएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै प्रकारको निवेदन नपरेको खण्डमा संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन गर्न मञ्जुर भएको मानिने सूचनामा स्पष्ट पारिएको छ।


    अर्थ चौतारी
  • सोमबार, १५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट