काठमाण्डौ । ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज कम्पनी लिमिटेडले आईसीसी टी–२० विश्वकप २०२६ को लागि विशेष अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत नयाँ डिम्याट खाता खोल्ने १० जना भाग्यशाली ग्राहकलाई भारतको मुम्बईमा नेपालको खेल हेर्ने पूर्ण यात्रा प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ।
विश्वकप २०२६ भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ। नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका रहेको छ। नासा सेक्युरिटिजले यसै खेल हेर्नको लागि विजेताहरूलाई भारत लैजाने योजना बनाएको हो।
कम्पनीका अनुसार डिसेम्बर ११, २०२५ देखि जनवरी २९, २०२६ सम्म नासा सेक्युरिटिजमा नयाँ डिम्याट खाता खोल्ने ग्राहकहरू यो अभियानमा सहभागी हुन योग्य हुनेछन्। जसमा भाग्यशालि विजेताले नेपालबाट भारतको राउन्ड–ट्रिप हवाई टिकट (फेब्रुअरी ७ गते प्रस्थान, फेब्रुअरी ९ गते फिर्ता), फेब्रुअरी ८ को नेपालको टी–२० विश्वकप खेलको टिकट, मुम्बईमा ट्विन–शेयरिङ होटल बसाइ (फेब्रुअरी ७ देखि ९, बेड एन्ड ब्रेकफास्ट सहित) र एयरपोर्ट–होटल–स्टेडियम यात्राको सुविधा पाउने छन् ।
ब्रेकफास्ट बाहेकका खाना, शपिङ, व्यक्तिगत खर्च, भिसा शुल्क (आवश्यक भए), ट्राभल इन्स्योरेन्स आदि भने आफै खर्च गर्नु पर्ने छ। पुरस्कार हस्तान्तरणीय नहुने र नगदमा साट्न नमिल्ने जनाइएको छ।
लकी ड्र तालिका
लकी ड्र लाइभ प्रसारण गरिने र योग्य ग्राहकहरूको क्लाइन्ट कोड सार्वजनिक गरिने भएकाले पूर्ण पारदर्शिता कायम गरिने कम्पनीले बताएको छ।
अन्य नियमहरू
अस्थायी यात्रा तालिका
अर्थ चौतारी ।