काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २१ गते साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ८ गतेसम्म कायम शेयरधनीले कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रगति विवरण छलफल गरि पारित गर्ने , आ.व. २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान / हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२/०८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।
त्यस्तै सभाले नयाँ संचालक समितिको निर्वाचन गर्ने छ ।
अर्थ चौतारी ।