काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज मङ्सिर २९ गते साधारणसभा गर्दै छ । कम्पनीको साधारणसभा बिहान १० बजे आम्रपाली ब्याक्वेटमा हुनेछ ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।
कम्पनीले हालसम्म कै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो ।
अर्थ चौतारी ।