logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • निवर्तमान सांसदले अख्तियारलाई भने- ७० लाख पर्ने फर्निचर किनेँ

    निवर्तमान सांसदले अख्तियारलाई भने- ७० लाख पर्ने फर्निचर किनेँ

    1.9K
    SHARES
    निवर्तमान सांसदले अख्तियारलाई भने- ७० लाख पर्ने फर्निचर किनेँ

    काठमाण्डौ । तपाइँको घरमा कति रुपैयाँ पर्ने सोफा सेट छ ? कति रुपैयाँ पर्ने फर्निचर उपयोग गर्नुहुन्छ ? काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसेले निजी घरका लागि ७० लाख ३ हजार रुपैयाँ पर्ने फर्निचर किनेको बताएका छन्।



     

    काँग्रेसका निवर्तमान सांसद उनी २०७४ देखि २०७९ सम्म गोकर्णेश्वर नगरपालिकाको मेयर थिए। सोही अवधिमा उनले निजी घर बनाए। अख्तियारको अनुसन्धानमा स्रोत नखुलेको सम्पत्ति छानवीन हुँदा करिब ४ करोड रुपैयाँको स्रोत भेटिएन। आइतबार विशेष अदालतमा मुद्दा दायर भयो।

     

    अख्तियारले अदालतमा बुझाएको आरोपपत्रअनुसार आर्जनको ठूलो रकम खर्च गरी उनले निजी घरको फर्निचर किनेका छन्। ‘अनुसन्धान अवधि (२०७४ देखि २०७९ सम्म) मा प्रतिवादी सन्तोष चालिसेको व्ययतर्फ फर्निचरमा ७० लाख ३ हजार ३८६ रुपैयाँ खर्च भएको पाइएको छ’, अनुसन्धानको निष्कर्ष निकाल्दै अदालत समक्ष बुझाएको प्रतिवेदनमा अख्तियारले भनेको छ। चालिसेको दाबी अख्तियार अख्तियारले भन्यो, ‘निजले पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति विवरण उल्लेख नगरी सम्पत्ति लुकाइ छिपाई झुट्टो विवरण पेश गरिएको छ।’

     

    चालिसेको परिवारले ३ करोड ६८ लाख ४७ हजार १६१ रुपैयाँ ७१ पैसा गैरकानुनी आम्दानी गरेको अख्तियारको निष्कर्ष छ। पैसा कहाँ(कहाँ खर्च भयो भनेर अनुसन्धान हुँदा उनले फर्निचरको व्यय अख्तियार समक्ष पेश गरेका हुन्। मेयरमा निर्वाचित हुनुअघि चालिसेको बैंक मौज्दात जम्मा १८ लाख ४० हजार थियो। अख्तियारको अनुसन्धान अवधि ९२०७४(२०७९० मा उनले कूल ८ करोड ५६ लाख ८३ हजार बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको छ।

     

    अख्तियारको निष्कर्षअनुसार, चालिसे परिवारको कर्जासहितको वैधानिक आयआर्जन जम्मा ४ करोड ८८ लाख ४५ हजार ८३३ रुपैयाँ ६२ पैसा मात्रै हो। सो अवधिमा उनले गरेको खर्च तथा लगानी ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ हो।

     

    परिवार सदस्य प्रतिवादी
    अख्तियारले सन्तोष चालिसेको परिवारलाई नै प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। जसमा उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई अवैध सम्पत्ति जफतको लागि प्रतिवादी बनाइएको छ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट