logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कोकाकोलाको २ कम्पनीले बोलाए साधारण सभा, छैन लाभांश

    कोकाकोलाको २ कम्पनीले बोलाए साधारण सभा, छैन लाभांश

    1.4K
    SHARES
    कोकाकोलाको २ कम्पनीले बोलाए साधारण सभा, छैन लाभांश

    काठमाण्डौ । कोकाकोलाका दुई कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । बोटलर्स नेपाल(बालाजु) र बोटलर्स नेपाल (तराई)को मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएका हुन् ।



     

    बालाजु र तराईले पुस २३ गते काठमाण्डौको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा सभा गर्ने भएका छन् । तराईको सभा बिहान ११:३० बाट हुने छ भने बालाजुको दिउँसो ३ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

     

    सभामा गत आवको वार्षिक प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरू पारित गरिनेछ ।

     

    कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । पुस १० गतेसम्म कायम रहेका शेयर धनीले मात्र बोर्टलसको साधारण सभामा भाग लिन पाउने छन् ।

     


    अर्थ चौतारी
  • बुधबार, २ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट