काठमाण्डौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् । जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको हो ।
बुधबार बिहान ७ बजे सम्पन्न भएको मतदानमा ९८.०४ प्रतिशत मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।
यी हुन् मतदानमा अनुपस्थित प्रतिनिधि


अर्थ चौतारी ।