logo

२०८३ बैशाख २९, मंगलबार

logo
  • २०८३ बैशाख २९, मंगलबार
  • प्रहरी हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना

    प्रहरी हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना

    1.8K
    SHARES
    प्रहरी हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना

    काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अस्पताल भर्ना भएका छन् । बुधबार उनलाई चिरायु अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डा. मनोज केसीले जानकारी दिए । ‘हिँजो अशोक शेरचनले आफूलाई अप्ठयारो भएको भनेपछि अस्पतालमा लगिएको हो,’ सीआईबी प्रमुख केसीले भने। प्रहरीको निगरानीमा उनलाई बसुन्धरास्थित चिरायु अस्पतालमा राखिएको छ । शेरचन लगायत अन्य व्यक्तिहरू १९ दिनदेखि सीआइबीको हिरासतमा छन्।



     

    उनीहरुमाथि बैंकिङ कसुर लगायतका ४ वटा मुद्दामा अनुसन्धान भइरहेको छ । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीच देखिएको लेनदेन विवाद चुलिँदा प्रभु बैंकका सीईओ शेरचन पनि छानबिनको दायरामा तानिएका हुन् । भट्टचन र लामा लगायतको लागनी रहेको प्रभु म्यानेजमेन्टले प्रभु मनि ट्रान्सफर र प्रभु बैंकको रेमिट्यान्सको सुपर एजेन्ट भएर काम गरेको र रेमिट्यान्स कारोबारका लागि सहकारीबाट लिएको धरौटीवापतको रकम अपचलन गरेको आरोपमा सीआईबीले अनुसन्धान सुरु गरेको थियो । उक्त जाहेरीले अनुसनधान गरी सिआईबीले मुद्दा दर्ता गरिरहेको छ ।

     

     

    सीआईबीले भट्टचन र लामा लगायतलाई नेपाल राष्ट्र बैंक ऐन अन्तरगतको कसुर र हुन्डी कारोबार, सहकारी ठगीमा समेत अनुसन्धान गरी सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंसिर १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । सोही अनुसन्धानका क्रममा बैंकका प्रमुख कार्याकारी अधिकृत सहितका कर्मचारीको संलग्नतमा बैकिङ कसुरका विभिन्न घटना भेटेको भन्दै सीआईबीले नयाँ जाहेरी दर्ता गरी अनुसन्धान सुरु गरेको थियो । सोही अनुसन्धनमा बैंकका सीईओ लगायतलाई कार्यालयबाट नै पक्राउ परेपछि बैंकिङ क्षेत्र थप दबाबमा देखिएको छ ।

     

     

    यस्तै जानकी मेडिकल कलेज र इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेनरी साइन्स प्रालिमार्फत भएको कर्जा दुरुपयोगमा सीआईबीले जाहेरी दर्ता गरी अनुसन्धान सुरु गरेको हो । उक्त अनुसन्धानका लागि जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रकाश पाण्डे र बैंककै चिफ बिजनेस अफिसर रश्मी पन्त लगायतलाई पनि पक्राउ गर्न सीआईबीले पाटन उच्च अदालतबाट पक्राउ पुर्जी लिएको छ । प्रभु मनि ट्रान्सफरले रेमिट्यान्स भुक्तानीके लागि लिएको ए्‌भान्स समयमा सेटल नगको तथा अन्य बैंकबाट ऋण लिएर कानुनबिपरित देवी प्रकाश भट्टचनकै अन्य कम्पनीलाई १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी ऋण दिएको र ब्याज असुल नगरेको अनुसन्धानको क्रममा खुलेको सीआईबको दाबी छ ।


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट