काठमाण्डौ । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २,५८१ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ ।
आज दिनभरिमा ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको कारोबार भएको छ । आज यस बैंकको १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ८ करोड २६ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको ७ करोड ३९ लाखको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । केबिएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । सीवाइसी नेपालका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । केबिएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । सीवाइसी नेपालका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन व्यापार समूह ०.५७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.२६ प्रतिशतले घटेको छ।
आज बजारमा ५४ कम्पनीको शेयरभाउ बढेको छ भने २०० वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार लुम्बिनी विकास बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी