logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • प्रभु बैंकले यसपाली पनि लाभांश नदिने

    प्रभु बैंकले यसपाली पनि लाभांश नदिने

    611
    SHARES
    प्रभु बैंकले यसपाली पनि लाभांश नदिने

    काठमाण्डौ । प्रभु बैंकले यसवर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



     

    बैंकले लगातार ३ वर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन । बैंकले पछिल्लो पल्ट आर्थिक वर्ष २०७८/८९ मा लाभांश दिएको थियो ।

     

    यसपाली पनि बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव नरहेको जानकारी दिएको छ ।

     

    साथै बैंकले नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम तयार गरिएको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्दै वार्षिक साधारणसभामा पेश गर्ने गरी प्रकाशन गर्न नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट