logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • रवि–बालेन भेटवार्तापछि असिम शाहको टिप्पणी : ‘कथाको सुखद सुरुवात’

    रवि–बालेन भेटवार्तापछि असिम शाहको टिप्पणी : ‘कथाको सुखद सुरुवात’

    533
    SHARES
    रवि–बालेन भेटवार्तापछि असिम शाहको टिप्पणी : ‘कथाको सुखद सुरुवात’

    काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको भेटवार्तापछि सकारात्मक प्रतिक्रिया सार्वजनिक भएको छ । रास्वपाका केन्द्रीय सदस्य असिम शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका हुन् ।



     

    करिब ५ घण्टासम्म चलेको वार्ता लगत्तै मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

     

    सोमबार राति रास्वपा सभापति लामिछाने र काठमाण्डौ महानगरपालिकाका प्रमुख शाहबिच कमलपोखरीस्थित असिम शाहकै घरमा लामो भेटवार्ता भएको थियो । स्रोतका अनुसार करिब ६ घण्टा चलेको छलफल सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान १ बजेसम्म निरन्तर भएको हो । स्रोतका अनुसार भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल र सम्भावित सहकार्यका विषयमा गम्भीर छलफल भएको थियो ।

     

     

    औपचारिक निर्णय सार्वजनिक नभए पनि दुवै पक्षले संवादलाई सकारात्मक रूपमा अघि बढाउने सहमति जनाएका छन् । भेटवार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछानेसँगै उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहबाट मेयर बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।

     

     

    वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा बैठकस्थलबाट बाहिरिएका थिए ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट