logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश, यो वर्ष तीन लाख बढी किशोरीलाई दिइँदै

    एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश, यो वर्ष तीन लाख बढी किशोरीलाई दिइँदै

    871
    SHARES
    एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश, यो वर्ष तीन लाख बढी किशोरीलाई दिइँदै

    काठमाण्डौ । यो वर्ष सरकारले ३ लाख बढी किशोरीहरूलाई एचपीभी खोप दिने भएको छ । १० वर्ष उमेर पुगेका किशोरीहरूलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघर मुखको क्यान्सरविरुद्ध प्रयोग हुने एचपीभी खोप दिन लागेको हो ।



     

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले एचपीभी खोप यो वर्षदेखि नियमित खोप सूचीमा परेको बताए । सरकारले एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ ।

     

    नेपालमा हरेक वर्ष दुई हजार १ सय ६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको अनुमान छ भने हरेक वर्ष एक हजार ३ सय १३ जना महिलाको यही रोगका कारण मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हुमन पापिलोमा भाइरसको संक्रमण हुनु हो । नेपालमा ८० प्रतिशत पाइएको पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिको हुमन पापिलोमा भाइरस रहेको छ ।

     

    गत वर्ष सरकारले १० देखि १४ वर्ष उमेर समूहका १४ लाख २८ हजार ८८९ जना किशोरीलाई यो खोप दिएको थियो । एचपीभी खोप कार्यक्रम आगामी फागुन महिनामा सञ्चालन हुनेछ । गत वर्षको खोप कार्यक्रमका लागि २ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार