काठमाण्डौ । लक्ष्मी ग्रुपको ५२औँ कर्पोरेट तथा थ्यांक्सगिभिङ डेको अवसरमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिको अगुवाइमा चन्द्रागिरि नगरपालिका अन्तर्गत पर्ने चन्दन प्रभात्तेश्वर मन्दिर परिसरमा सामुदायिक सरसफाइ अभियान चलाइएको छ।
उक्त अभियान धार्मिक सम्पदाको संरक्षण, स्वच्छ वातावरणको प्रवर्द्धन तथा समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखी आयोजना गरिएको हो। कार्यक्रममा कम्पनीका कर्मचारीहरू सक्रिय रूपमा सहभागी भई मन्दिर परिसर तथा आसपासका क्षेत्रको सरसफाइ कार्यमा संलग्न भएका थिए।
लक्ष्मी ग्रुपले आफ्नो ५२ वर्षे यात्रामा व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिँदै आएको छ। यस सरसफाइ अभियानमार्फत धार्मिक तथा सांस्कृतिक सम्पदाप्रति सम्मान व्यक्त गर्दै समुदायसँग सहकार्य गर्ने समूहको प्रतिबद्धता पुनः पुष्टि गरिएको छ।
कार्यक्रमका क्रममा कम्पनीले स्वच्छ वातावरण र जिम्मेवार नागरिक सहभागितामार्फत दीगो समाज निर्माणमा योगदान पुर्याउने आफ्नो उद्देश्यलाई स्पष्ट पारेको छ। “कृतज्ञताबाट जिम्मेवारीसम्म” भन्ने मूल भावनाका साथ आयोजना गरिएको यस अभियानले लक्ष्मी ग्रुप को समाजप्रतिको निरन्तर प्रतिबद्धता झल्काएको छ।