काठमाण्डौ । अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले आफ्ना ग्राहकहरूका लागि आईसीसी टी–२० वर्ल्डकप लक्षित विशेष उपहार योजना सार्वजनिक गरेको छ। आगामी आईसीसी टी–२० वर्ल्डकपको उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले ब्ल्याक+डेकरका घरायसी उपकरणहरू खरिद गरी बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार, यस योजनाको मुख्य आकर्षण भनेको भाग्यशाली विजेताले लक्की ड्र मार्फत ” प्याकेज प्राप्त गर्नेछन्। यस प्याकेजमा विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्। जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समावेश गरिएको छ।
यो योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक+डेकरको उपकरण खरिद गरेपछि बीएन्डडी स्पेस वारेन्टी कार्ड नम्बर स्पेस प्रडक्ट नाम स्पेस कस्टुमर नाम स्पेस ठेगाना टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ र लक्की ड्रमार्फत विजेताहरूको छनोट गरिनेछ।
यो योजना मंसिर २९ गतेदेखि देशभरिका सीजी डिजिटल आउटलेटहरू, एलजी शपका आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध हुनेछ। यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ।