logo

२०८२ पुस ३०, बुधबार

logo
  • २०८२ पुस ३०, बुधबार
  • राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्ड एकसाथ छलफलमा

    राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्ड एकसाथ छलफलमा

    702
    SHARES
    राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्ड एकसाथ छलफलमा

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की ३ ठूला दलका शीर्ष नेतासँग राष्ट्रपतिले गर्न लागेको छलफलमा सहभागी हुने भएकी छिन्।



     

    राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल हुन लागेको हो।

     

    जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी हुँदै छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यद्यपि, उनले तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरुसँग भने संवाद गर्दै आएकी छिन्।

     

    कार्कीले शीर्ष नेताहरुसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताहरुले त्यसको आलोचना गर्दै आएका थिए।

     

    राजनीतिक दलका नेताहरुसँग संवाद नै गर्न नचाहने सरकारले फागुन २१ गते चुनाव गराउन नसक्ने उनीहरुले तर्क गर्दै आएका छन्।

     


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट