logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • बढ्यो कन्डमकाे आयात

    बढ्यो कन्डमकाे आयात

    962
    SHARES
    बढ्यो कन्डमकाे आयात

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ ।



     

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो पाइएको हो । तथ्याङ्कले मंसिर महिनामा कन्डम आयात बढेको देखाएको छ । मंसिर महिनामा मात्रै १ करोड ७४ लाख ७९ हजार रुपैयाँ बराबरको १८ लाख ६६ हजार ६७५ पीस कन्डम आयात भएको उल्लेख छ ।

     

    कात्तिकमा ७१ लाख ३६ हजार रुपैयाँ बराबरको ५ लाख ६५ हजार ९८४ पीस आयात भएको थियो । यसैगरी २०८२ असोजमा १ करोड ९ लाख ७१ हजार रुपैयाँको ११ लाख ६३ हजार ५२ पीस कन्डम आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार