logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • चिसो बढेको काठमाण्डौमा बिहान ५:४५ बजे कति देखियो न्यूनतम तापक्रम?

    चिसो बढेको काठमाण्डौमा बिहान ५:४५ बजे कति देखियो न्यूनतम तापक्रम?

    936
    SHARES
    चिसो बढेको काठमाण्डौमा बिहान ५:४५ बजे कति देखियो न्यूनतम तापक्रम?

    काठमाण्डौ । सुरुवाती मापनमा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) पनि हिजो (मंगलबार) को जत्तिकै देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो।



     

    हिजो पनि यो समय उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै देखिएको थियो। यद्यपि पछि बिहान ८:४५ बजेको मापनमा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियसमा झरेको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे नै आउँछ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।

     

    सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हुन्छ। मौसम महाशाखाले हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ६:४५ बजे अधिकतम तापक्रम मापन गर्छ।

     

    काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम भने सुरुमा बिहान ५:४५ बजे पनि मापन गर्ने गर्छ।

     

    यस्तो थियो मंगलबार काठमाण्डौसहित देशका विभिन्न स्थानमा न्यूनतम र अधिकतम तापक्रम:


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट