काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी १२० करोड रहेको छ भने कम्पनीले ३० करोड बराबरको शेयर निष्काशन गर्न लागेको हो ।
नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डमा व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा, बसन्त चौधरी, हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स लगायतको लगानी रहेको छ । यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फार्म्स , उर्जा इम्याक्ट फण्ड, पशुपति रिन्युएबल्स लगायतमा लगानी गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो ।