logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने

    विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने

    819
    SHARES
    विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने

    काठमाण्डौ । विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ।



     

     

    यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

     

     

    नेपाल धितपत्र बोर्डले मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ। एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० कायम हुने छ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट