logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • लाभांश र मर्जर प्रस्ताव सहित प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा

    लाभांश र मर्जर प्रस्ताव सहित प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा

    949
    SHARES
    लाभांश र मर्जर प्रस्ताव सहित प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा

    काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि अठारौं वार्षिक साधारणसभा बोलाएको छ।



     

    सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

     

    त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नाक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र १ जना सर्वसाधारण शेयरधनी निर्वाचन गर्नेछ।

     

    बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते एक दिनका लागि बैंकको शेयर दाखिला खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको जानकारी दिएको छ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट