logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य

    वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य

    962
    SHARES
    वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य

    काठमाण्डौ । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव मिरा आचार्यले पाएकी छन्। आचार्य बुधबार विभागमा हाजिर भएकी हुन्।



     

    यसअघि पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले एकसाथ ६० सहसचिवलाई अन्तर मन्त्रालय सरुवा गर्ने निर्णय गरेको थियो।

     

    सामान्य प्रशासन मन्त्रालयमा रहेकी आचार्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा भएकी थिइन्। श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीले महत्वपूर्ण मानिने वैदेशिक रोजगार विभागको जिम्मेवारी उनैलाई दिएका हुन्।

     

    यसअघिका महानिर्देशक कमलप्रसाद भट्टराईलाई मधेस प्रदेशमा सरुवा गरिएको छ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार