काठमाण्डौ । राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले Crypto Currency का विविध पक्षका बारेमा निरन्तर अध्ययन गर्न सिफारिस गरेको छ। साथै, नेपालमा बिजुली उत्पादन बढी भएको समयमा कृप्टो माइनिङ गर्दाका विविध पाटा केलाउन पनि सिफारिस गरेको छ।
हाल नेपालमा कृप्टो माइनिङको साथै कृप्टो करेन्सीको कारोबार पनि गैर कानूनी छ । प्रहरीले क्रिप्टो कारोबार गर्नेहरुलाई पक्राउ गरेर मुद्दा चलाउने गरेको छ।
तर राष्ट्र बैंकले गठन गरेको कार्यदलले भने कुनै समयमा क्रिप्टो खुलाउन सकिने आशयको सुझाव दिएको हो। सोहि कारण कार्यदलले Crypto Currency का विविध पक्षका बारेमा निरन्तर अध्ययन गर्न र नेपालमा बिजुली उत्पादन बढी भएको समयमा कृप्टो माइनिङ गर्दाका विविध पाटा केलाउन सुझाव दिएको छ।
नेपालको छिमेकि देश भुटानले क्रिप्टो माइनिङ गरि त्यसको बिक्री गरेर राम्रो आम्दानी गर्नुका साथै विभिन्न पूर्वाधारमा लगानीको लागि स्रोत समेत जोहो गर्ने गरेको छ ।
अर्थ चौतारी ।