काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरू नशामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।
पार्टीको ११ औं महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीवार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरूसमेत नसामा भेटिने गरेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले युवाहरूले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रस्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको बताए । उनले एमालेमा आवद्ध युवाहरू यस्तो दुर्व्यसनीमा नरहेको समेत जिकिर गरे।
ओलीले पार्टीको ११ औं महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरूको कार्यसम्पादनको प्रशंसा गर्दै धन्यवादसमेत ज्ञापन गरे । उनले मुलुकको स्वाधीनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।
अर्थ चौतारी ।