logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो ठूलो शेयरधनी बन्यो हिमालयन रिइन्स्योरेन्स

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो ठूलो शेयरधनी बन्यो हिमालयन रिइन्स्योरेन्स

    793
    SHARES
    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो ठूलो शेयरधनी बन्यो हिमालयन रिइन्स्योरेन्स

    काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ठूला शेयरधनीको रुपमा हिमालयन रिइन्स्योरेन्स भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को अवधिमा हिमालयन रिइन्स्योरेन्सले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १० लाख कित्ता बढी शेयर खरिद गरेको हो ।



     

    हाल कम्पनीमा हिमालयन रिइन्स्योरेन्सको १३.६१ प्रतिशत अर्थात् १० लाख २० हजार ५ सय ३० कित्ता शेयर स्वामित्व रहेको छ। कम्पनीमा दिपक भट्ट र एसजी फिनकर्पको समान १५/१५ प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता शेयर स्वामित्व रहेको छ।

     

    त्यस्तै कम्पनीमा नेपबुल्स इन्भेष्टमेन्ट प्रालिको ८.०३ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीमा हुलास अटोक्राफ्ट प्रालि, राज बहादुर शाह, शुभम दुगडको समान ४ प्रतिशत शेयर रहेको छ ।

     

     

    त्यस्तै मेटा इन्भेष्टमेन्ट कम्पनी प्रालिको १.६७ प्रतिशत, प्रिन्टसेल इमेजीङ प्रालिको १.४७ प्रतिशत, तथा सुलोचना अग्रवाल र लिला अग्रवालको समान १.३३ प्रतिशत शेयर स्वामित्व रहेको छ। यी बाहेक कम्पनीमा लिओन मोटर्स प्रालिको १.१३ प्रतिशत स्वामित्व रहेको छ भने लतिका गोल्यान, आकांक्षा गुप्ता, र शाक्षी बंसल गुप्ताको समान १ प्रतिशत स्वामित्व रहेको छ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट