logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • बिजनेश इनक्युबेसन सेवा प्रदान गर्न प्रतिष्ठानद्वारा प्रस्ताव आह्वान

    बिजनेश इनक्युबेसन सेवा प्रदान गर्न प्रतिष्ठानद्वारा प्रस्ताव आह्वान

    507
    SHARES
    बिजनेश इनक्युबेसन सेवा प्रदान गर्न प्रतिष्ठानद्वारा प्रस्ताव आह्वान

    काठमाण्डौ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बिजनेश इनक्युबेसन सर्भिसेस् अर्थात् व्यवसाय संवर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापनका लागि प्रस्ताव आह्वान गरेको छ । प्रतिष्ठानले आज पुस ११ गते आ.व. २०८२/८३ मा व्यवसाय संवर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापनका लागि साझेदारको रूपमा कार्य इच्छुक संस्थाबाट प्रस्ताव माग गरेको हो ।



     

    प्रतिष्ठानले इच्छुक सरकारी, प्राज्ञिक (विश्वविद्यालय) र निजी क्षेत्रका संघसंस्थाहरूलाई व्यवसाय संवर्धन सेवा संचालन तथा व्यवस्थापन कार्यविधि, २०५२ को दफा ७ बमोजिमका कागजातहरू संलग्न गरी पन्ध्र दिनभित्र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा अनुसूची -२ भरी आवेदन पेश गर्न आग्रह गरेको छ।

     

    प्रतिष्ठानका अनुसार आफ्नो प्रस्ताव प्रतिष्ठानको ईमेल : program@iedi.gov.np मा पठाउन सकिनेछ । प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट: https://iedi.gov.np मा राखिएको छ। भौतिक रुपमा प्रस्ताव पेश गर्न चाहनेले प्रतिष्ठानको कार्यालय, त्रिपुरेश्वरमा दर्ता गराउन सकिनेछ । म्यादभित्र दर्ता हुन नआएका आवेदनहरूलाई मूल्याङ्गनमा समावेश नगरिने प्रतिष्ठानले प्रष्ट पारेको छ।

     

    प्रस्ताव पेश गर्दा अनुसूची १ सँग संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:
    (क) संस्था दर्ता प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि,
    (ख) संस्थाको विधान वा प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
    (ग) स्थायी लेखा नम्बरको प्रमाणपत्र र अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, (घ) अनुसूची-३ बमोजिमको कवुलियतनामा,
    (ङ) कार्यविधिको दफा ३ को उपदफा (४) बमोजिम केन्द्रको विवरण,
    (च) व्यवसाय संवर्द्धन सेवा सञ्चालनको लागि ३ पेजमा नबढ्ने गरी व्यवसायिक प्रस्ताव,


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार