काठमाण्डाै । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – सशक्तिकरण उद्यमहरू अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) नवप्रवर्तनको दायरा मजबुत बनाउन अध्यान्ता एड्भाइजरी प्रा. लि. र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमचेम नेपाल) (AmCham Nepal) सँग सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ।
हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई आज उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको छ। यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, API तथा host-to-host कनेक्टिभिटी मार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैंकिङ सेवा जडान तथा एकिकृत गर्ने तथा डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
यस समझदारी अन्तर्गत बैंकको उद्यम डिजिटलाइजेशन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञता सँग जोडी पूँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ ।
डिजिटल अभिग्रहण देखि डिजिटल सिर्जनासम्म
यस MoU अन्तर्गत लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरू—API सक्षमकरण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारी—सँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्नेछ। यसमा नवप्रवर्तकहरूलाई उद्यम-सम्बन्धित डिजिटल समाधानहरूको प्रोटोटाइप विकासका लागि चुनिएका ओपन अपिआइज् (Open APIs) वा स्यान्ड बोक्स (sandbox) वातावरणमा पहुँच, उच्च सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्याङ्कन तथा डिजिटल वित्त, फिनटेक (fintech) मा आधारित वृद्धि र स्टार्टअप तथा स्केलअप (scale-up) पूँजी पहुँचसम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन्।
यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने तीनवटा राष्ट्रव्यापि पहल— सीडिङ एन्ड स्कलिङ इन्नोभेसन्स्, कोड फोर इम्पयाक्ट हक्कथोन्स र यु. एस् –नेपाल कमर्सियल डिप्लोमेसि डिस्कसन सेरिज् (Seeding and Scaling Innovations, Code for Impact Hackathons र U.S.–Nepal Commercial Diplomacy Discussion Series) लाई समेत सघाउनेछ। यी कार्यक्रमहरूमा सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक, प्रारम्भिक चरणका संस्थापक र उदाउँदा उद्यमीहरू सहभागी हुनेछन्। कार्यक्रमहरूको उद्देश्य fintech, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जलवायु सहनशीलता जस्ता क्षेत्रहरूमा उद्यमी तयार पार्ने तथा AI मा आधारित समाधानहरूको विकासलाई प्रवर्द्धन गर्ने हो।
नवप्रवर्तन अर्थतन्त्रसँग उद्यम भुक्तानीको समन्वय
डिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तनको क्षेत्रसँग जोड्दै लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई केवल सञ्चालन सुधारको माध्यम मात्र नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहका रूपमा स्थापित गरेको छ। यस MoU ले एकल उत्पादन अपनत्वबाट प्लेटफर्ममा आधारित बैंकिङतर्फको रूपान्तरणलाई प्रतिबिम्बित गर्दछ, जहाँ APIs, एकीकृत भुक्तानी प्रणाली र host-to-host कनेक्टिभिटीले व्यवसायलाई सुरक्षित र प्रभावकारी रूपमा विस्तार गर्न सक्षम बनाउँछ।
अध्यान्ता एड्भाइजरीले कार्यक्रम डिजाइन, मार्गदर्शन (mentorship) र संलग्नताको समन्वय गर्नेछ भने एमचेम नेपाल र अध्यान्ता फन्ड म्यानेजमेन्ट (Fund Management) ले निजी क्षेत्रका सञ्जालहरू परिचालन गरी भिजिबिलिटि, ज्ञान आदान-प्रदान र व्यापक सहभागिता सुनिश्चित गर्नेछ।
डिजिटल डिसेम्बर २०२५ एक महिनाभरि सञ्चालन हुने राष्ट्रव्यापी उद्यम संलग्नतासँगै समापनतर्फ उन्मुख हुँदै गर्दा यस MoU ले कारोबारको डिजिटलाइजेशनबाट अगाडि बढ्दै नेपालको डिजिटल विकासको आगामी चरणलाई आकार दिने उद्यम, नवप्रवर्तक र प्रणालीहरूलाई सशक्त बनाउने दिशामा लक्ष्मी सनराइज बैंकको प्रयासलाई उजागर गर्दछ।