logo

२०८२ पुस ३०, बुधबार

logo
  • २०८२ पुस ३०, बुधबार
  • जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज

    जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज

    481
    SHARES
    जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज

    काठमाण्डौ । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।



    न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले शुक्रबार उक्त रिट खारेज हुने फैसला सुनाएको हो । यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जबाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

    अधिवक्ता विपिन ढकालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले आयोगका सम्बन्धमा केही निर्देशनात्मक आदेश पनि जारी गरेको छ । सर्वोच्च अदालतको यो फैसलासँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गिएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट