logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • रसुवागढी नाका जनवरी १ देखि खुल्दै

    रसुवागढी नाका जनवरी १ देखि खुल्दै

    585
    SHARES
    रसुवागढी नाका जनवरी १ देखि खुल्दै

    काठमाण्डौ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको हाे ।



     

    प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बिहीबार (जनवरी १) देखि बेलिब्रिज सञ्चालनमा आउने रातोपाटीलाई जानकारी दिए । ‘जनवरी १ देखि बेलिब्रिज सञ्चालन हुने भन्ने जानकारी हामीलाई प्राप्त भएको छ,’ पन्थीले भने, ‘आधिकारिक रूपमा भने आएको होइन । उहाँहरूले सामाजिक सञ्जालमा राखिसक्नु भएको छ । त्यसैलाई आधिकारिक मान्नु पर्ने देखियो ।’

     

    बेलिब्रिज सञ्चालनमा आएपछि नाका पनि खुला हुने उनको भनाइ थियो । गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि चिनियाँ सरकारले बेलिब्रिज निर्माण गरेको हो । करिब ६ महिनापछि सञ्चालनमा आउने भएको हो ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार