logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • दिल्लीमा दुर्घटनाः मृतकका परिवारलाई १ करोड २६ लाख भारु क्षतिपूर्ति दिन आदेश

    दिल्लीमा दुर्घटनाः मृतकका परिवारलाई १ करोड २६ लाख भारु क्षतिपूर्ति दिन आदेश

    1K
    SHARES
    दिल्लीमा दुर्घटनाः मृतकका परिवारलाई १ करोड २६ लाख भारु क्षतिपूर्ति दिन आदेश

    काठमाण्डौ । भारतको दिल्लीस्थित एक मोटर दुर्घटना दाबी न्यायाधीकरणले सडक दुर्घटनामा ज्यान गुमाएका ३२ वर्षीय युवकको परिवारलाई १ करोड २६ लाख भारतीय रुपैयाँ (करिब २ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । सन् २०२३ अक्टोबरमा दिल्ली परिवहन निगमको बसले ठक्कर दिँदा ज्यान गुमाएका मनिष कुमार चौधरीको परिवारलाई यो रकम दिइनु पर्ने फैसला अदालतले सुनाएको हो ।



     

    एशियन इन्स्योरेन्स पोष्टले प्रकाशन गरेको समाचार अनुसार, १८ अक्टोबर २०२३ का दिन दिउँसो करिब १ बजे दिल्लीको रोहिणी ईस्ट मेट्रो स्टेशन नजिकै रिठाला सडकमा मनिष कुमार चौधरी आफ्नो मोटरसाइकलमा सवार थिए । सोही क्रममा सञ्जय नामक चालकले चलाएको बसले अचानक लेन परिवर्तन गर्दा मनिषको मोटरसाइकल बसको पछाडिको भागमा ठोकिएको थियो । दुर्घटना लगत्तै उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

     

     

    सीसीटीभी दृश्यले खोल्यो पोलः
    अदालतमा बस चालकले मनिषले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको दाबी गरेका थिए । तर, न्यायाधीकरणका पीठासीन अधिकारी विक्रमले सीसीटीभीमा कैद घटनाको बेलाको दृश्यको अध्ययन गर्दा बस चालकको लापरवाही स्पष्ट देखिएको ठहर गरिदिए । श्रव्यदृश्यमा बस चालकले एक्कासी र लापरवाहीपूर्ण तरिकाले लेन बदलेको देखिएपछि अदालतले चालकको दाबी खारेज गरिदिएको हो ।

     

    अदालतले मृतकका आश्रित परिवार आमा र बहिनीसहित तीन जना लाई कुल १ करोड २६ लाख भारु क्षतिपूर्ति दिने निर्णय गरेको छ । यो रकम भुक्तानी गर्ने जिम्मेवारी न्यू इन्डिया एश्योरेन्स कम्पनी लिमिटेडलाई दिइएको छ ।

     


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार