logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

    मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

    741
    SHARES
    मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

    काठमाण्डौ । रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको कटहरीया नगरपालिका ९ मा रहेको ज्योती डिस्टीलरीमा बोइलर विष्फोट भएको हो ।



     

     

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएका छन् ।

     

    शनिबार बिहान डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । विष्फोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार