logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

    एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

    897
    SHARES
    एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

    काठमाण्डौ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ ।



     

    विभागका अनुसार काठमाण्डौका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ क बमोजिम कारबाही गरिएको हो ।

     

     

    यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको समेत सहभागितामा नियमित बजार अनुगमन गर्दै बजारमा स्वच्छता कायम गर्न पहल गरिरहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट