logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • हिमालयन लाइफका गोल्ड स्टार एजेन्सी म्यानेजर ढकाल बने २०२६का लागि सीओटी

    हिमालयन लाइफका गोल्ड स्टार एजेन्सी म्यानेजर ढकाल बने २०२६का लागि सीओटी

    923
    SHARES
    हिमालयन लाइफका गोल्ड स्टार एजेन्सी म्यानेजर ढकाल बने २०२६का लागि सीओटी

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर बिमल ढकाल सन् २०२६ का लागि सीओटी बन्न सफल भएका छन् । उनले २०२६का लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ दि टेबल (सीओटी) को लक्ष्य पुरा गरेका हुन् ।



     

     

    २०६९ सालबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका ढकालले १३ वर्षभित्र बीमा क्षेत्रमा थुप्रै प्रगति गरेका छन् । उनी हिमालयन लाइफबाट पाचौं पटक नेपाल पट, बीमा रत्न,एक पटक टीओटी, २ पटक सीओटी, ८ पटक एमडीआरटीका लक्ष्य हासिल गर्दै फेरि पनि २०२६ का लागि सीओटी बन्न सफल भएका हुन् । विभिन्न बाधा र चुनौतिलाई छिचोल्दै प्रतिकूल अवस्थाका बावजुद पनि उनले यो सफलता हात पार्न सफल भएका हुन् । यो सफलता कम्पनी र सिंगो बीमा बजारका लागि उत्प्रेरणा पनि हो ।

     

    नेपालगंज शाखालाई मुल कर्मथलो बनाउँदै देशैभरिबाट बीमा व्यवसाय गर्दै आएका सफल,अब्बल, र चर्चित व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका ढकाल हिमालय लाइफका एक मात्र गोल्ड स्टार एजेन्सी म्यानेजर पनि हुन् । उनले बीमा क्षेत्रमा प्रवेश गरेदेखि नै राम्रो कार्य प्रदर्शन गर्दै आइरहेका छन् । उनी दर्जनौं बढी संघ सस्थामा आवद्व छन् । सामाजिक अभियन्ता, कुशल लिडर अनी यस कम्पनीका हिमालयन स्टार समेत हुन् ।

     

    हिमालयन लाइफ जस्तो प्रतिष्ठित बीमा कम्पनीमा काम गरी विभिन्न लक्ष्य हासिल गर्दै अगाडी बढ्न पाउँदा आफु निकै उत्साहित रहेको उनले बताए । साथै, आफ्नो परिवार तथा वर्तमान परिस्थतीमा बढ्दो बीमाको आवश्यक्तालाई महसुस गर्दै यस क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट