logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकी सेनाले यसरी गरेको थियो कोठाबाटै गिरफ्तार

    भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकी सेनाले यसरी गरेको थियो कोठाबाटै गिरफ्तार

    1.8K
    SHARES
    भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकी सेनाले यसरी गरेको थियो कोठाबाटै गिरफ्तार

    काठमाण्डौ । अमेरिकी सेनाले शनिबार भेनेजुएलामा हवाई आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमार्फत घटनाको विवरण सार्वजनिक गरेका छन्।आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा मदुरोको तस्बिर सार्वजनिक गरेका ट्रम्पले पनि पत्रकार सम्मेलनमा भेनेजुएलाका राष्ट्रपतिलाई कसरी गिरफ्तार गरियो भन्ने विषयमा बताएका छन्।



    उनका अनुसार, ‘मादुरो राष्ट्रपति दरबारमा थिए, जुन किल्लाजत्तिकै सुरक्षित थियो। त्यो विशेष सुरक्षासहितको कोठा थियो, जसलाई स्टिलको पर्खालले घेरिएको थियो। मादुरो त्यो कोठामा प्रवेश गर्न खोजिरहेका थिए, तर अमेरिकी सेना यति छिटो प्रवेश गरे कि उनले ढोका बन्द गर्नै पाएनन्।’ यस्तै अमेरिकाका संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले यो अपरेसनका लागि महिनौँदेखि अभ्यास गरिएको बताए।

    उनका अनुसार ‘अमेरिकी सेनालाई मादुरो के खान्छन्, कहाँ बस्छन्, कस्ता लुगा लाउँछन्, उनका घरपालुवा जनावर के कति छन् भन्नेसम्म जानकारी थियो। यतिसम्म कि अभ्यासका लागि अमेरिकी सेनाले मादुरोको घरजस्तै नक्कली भवनसमेत बनाएका थिए।’ ट्रम्पले भनेका छन्, ‘अपरेसन पूर्ण अँध्यारोमा गरिएको थियो। अमेरिकी सेनालाई सजिलोका लागि काराकास (भेनेजुएलाको राजधानी) का सबै बत्ती निभाइएको थियो। आक्रमणका क्रममा कम्तीमा सातवटा विस्फोट गरिए। पूरा अपरेसन ३० मिनेटभन्दा कम समयमै सकिएको थियो।’

    उनको दाबीअनुसार ‘यो अपरेसनका क्रममा केही अमेरिकी सैनिक घाइते भए पनि कोही मारिएका छैनन्। एउटा हेलिकप्टरमा क्षति पुगे पनि सुरक्षित फर्किएको छ।’ ट्रम्पले भेनेजुएलामा चार दिनअघि नै हमला गर्ने योजना रहेको तर मौसमले साथ नदिएपछि बादल हट्नेबित्तिकै शनिबार गरिएको पनि बताए। यसैबीच सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सेनाले मादुरो र उनकी श्रीमतीलाई बेडरुम (ओछ्यान) बाटै थुतेर लगेको उल्लेख गरेको छ।

    तर ट्रम्पले मादुरोको मात्र तस्बिर सार्वजनिक गरेका छन्, जहाँ उनकी पत्नी छैनन्।

    यस्तो छ गिरफ्तारपछि ट्रम्पले ट्रुथ सोसलमा सार्वजनिक गरेको मादुरोको तस्बिर


    अर्थ चाैतारी
  • आइतबार, २० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट