काठमाण्डौ । ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले भालि पुस २१ गते बूक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्नेछन्।
गत आर्थिक वर्षको नाफाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार गर्ने भएको छ । सभा सिल्भर ओक व्याङक्वेट एण्ड इभेण्ट सेन्टर, गैन्धारा, काठमाण्डौमा बिहानको ११ बजे गर्ने जनाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा माघ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश र कालिका लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५३६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।