logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • नेपाल एसबिआई बैंकद्वारा निलसागर सेवाश्रमलाई न्यानो कपडा तथा खाद्यान्न सामग्री प्रदान

    नेपाल एसबिआई बैंकद्वारा निलसागर सेवाश्रमलाई न्यानो कपडा तथा खाद्यान्न सामग्री प्रदान

    1.6K
    SHARES
    नेपाल एसबिआई बैंकद्वारा निलसागर सेवाश्रमलाई न्यानो कपडा तथा खाद्यान्न सामग्री प्रदान

    काठमाण्डौ । नेपाल एसबिआई बैंकले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा न ०५ स्थित निलसागर सेवाश्रममा रहेका बुवामुवाहरुको लागि न्यानो कपडा र खाद्यान्न सामग्री प्रदान गरेको छ । बैंकका कोहलपुर शाखाका शाखा प्रबन्धक उत्सव ढकालले निलसागर सेवाश्रमका पदाधिकारीलाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।



    सो कार्यक्रममा बैंक तथा सेवाश्रमका पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले सामाजिक सेवा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।

    नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०२ पूर्ण शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ शाखा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट