logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • डिप्रोक्स लघुवित्तको वित्तीय तथा डिजिटल साक्षरता सम्बन्धी एकदिने तालिम आयोजना

    डिप्रोक्स लघुवित्तको वित्तीय तथा डिजिटल साक्षरता सम्बन्धी एकदिने तालिम आयोजना

    923
    SHARES
    डिप्रोक्स लघुवित्तको वित्तीय तथा डिजिटल साक्षरता सम्बन्धी एकदिने तालिम आयोजना

    काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको आयोजनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरुलाई वीरगञ्ज, पर्सामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानी सम्बन्धी एकदिने तालिम आयोजना गरिएको छ ।



    उक्त तालिमको उद्देश्य सदस्यहरुमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोवार प्रवर्द्धन गर्नु तथा ईसेवा मार्फत सहज रुपमा इएमआई भुक्तानी गर्न सदस्यहरुलाई प्रोत्साहन गर्नु थियो । साथै, समयमै इएमआई भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोग मार्फत वित्तीय अनुशासनलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।

    सदस्यहरुले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारीले आफूहरुलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोही अनुरुप डिजिटल वित्तीय सेवा प्रयोग गर्नेे प्रतिवद्धता व्यक्त गरेका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट