logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • भेनेजुएला व्यवस्थापन गर्न भन्दै ट्रम्पले घोषणा गरे ‘विशेष टोली’

    भेनेजुएला व्यवस्थापन गर्न भन्दै ट्रम्पले घोषणा गरे ‘विशेष टोली’

    1K
    SHARES
    भेनेजुएला व्यवस्थापन गर्न भन्दै ट्रम्पले घोषणा गरे ‘विशेष टोली’

    काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला व्यवस्थापन गर्न विशेष टोली गठनको घोषणा गरेका छन्। जसमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र अन्य शीर्ष अधिकारी रहने छन्।



    यो टोलीले भेनेजुएलामा कानुनी व्यवस्था कायम राख्न, सरकारी संस्थाहरूको कार्यप्रणाली पुनर्स्थापित गर्न, तेल, ऊर्जा र सुरक्षाजस्ता प्रमुख क्षेत्रलाई स्थिर बनाउन र संक्रमणकाल व्यवस्थापन गर्न मद्दत गर्ने बताइएको छ।

    अमेरिकी सेनाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सेलिया फ्लोरेसलाई अपहरण गरी लगेको छ।

    उनीहरूलाई अहिले न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको छ। उनीहरूविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाइँदै छ।

    ट्रम्पले अबदेखि ‘भेनेजुएलाको कमान्ड अमेरिकाको हातमा रहेको’ बताएका छन्। र, उनले भनेजस्तो काम नगरे मदुरोको भन्दा खराब अवस्था भोग्नुपर्ने भन्दै भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सीलाई धम्की दिएका छन्।


    अर्थ चाैतारी
  • सोमबार, २१ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट