logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • नेफ्स्कुन सुर्खेत प्रकरणः सञ्चालक समितिका सदस्य रावत निलम्बित, घटनाको छानबिन हुने

    नेफ्स्कुन सुर्खेत प्रकरणः सञ्चालक समितिका सदस्य रावत निलम्बित, घटनाको छानबिन हुने

    780
    SHARES
    नेफ्स्कुन सुर्खेत प्रकरणः सञ्चालक समितिका सदस्य रावत निलम्बित, घटनाको छानबिन हुने

    काठमाण्डौ । नेपाल बचत तथा ऋण कन्द्रीय कार्यालय संघ (नेफ्स्कुन)का सञ्चालक समितिका सदस्य वीरबहादुर रावत (भोटे) निलम्बनमा परेका छन्।



     

    नेफ्स्कुनको सुर्खेत सदस्य सेवा कार्यालयका कर्मचारीहरुलाई कुटपिट गरेको घटनाको छानबिन गर्न सञ्चालक रावतलाई निलम्बन गरिएको छ। ‘सञ्चालक समितिको आज बसेको बैठकले रावतलाई निलम्बन गर्ने निर्णय गरेको छ’, नेफ्स्कुन सूचना अधिकारी गणेशप्रसाद तिमल्सेनाले भने, ‘घटनाको छानबिन प्रक्रिया पनि अगाडि बढ्छ।’

     

    रावतमाथि कार्यकक्षमै कर्मचारीद्वय मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनालाई दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको आरोप लागेको छ। यो घटनाको विरुद्धमा नेफ्स्कुनका कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटलाई ज्ञापनपत्र बुझाउँदै रावतलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका थिए।


    अर्थ चाैतारी
  • सोमबार, २१ पुस २०८२
  • सम्बन्धित समाचार